१२ असार २०७५, काठमाडौं
जारी विश्वकपमा हिजो सोमबार साझ समूह वि का दुई राष्ट्र पोर्चुगल र ईरान बराबरी खेलेका छन् । निर्धारित समयमा दुबै टिमले १/१ गोल गरेपछि १/१ अंक बाडेका हुन् । ईरानसँग बराबरी खेले पनि पोर्चुगल अन्तिम १६ मा प्रदेश गरेको छ
समूह चरणको पहिलो खेलमा स्पेनसग बराबरी खेल्दै १/१ अंक बाडेको पोर्चुगलले समुह चरणको दोस्रो खेलमा मोरक्कोलाई १ गोल गर्दै हराएको थियो । एक खेलमा बराबरी र अर्को खेलमा जित हाँसिल गरेसँगै पोर्चुगलको ४ अंक भएको थियो । आज ईरानसँग बराबरी खेलेर १/१ अंक बाँडेको पोर्चुगलले जम्मा ५ अंक बनाउदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
पोर्चुगलका मिडफिल्डर करेस्मले ४५ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए तर ९०+३ मिनेटमा ईरानका फरवार्ड अन्सारीफर्डले पहिलो गोल गर्दै बराबरी बनाएका थिए ।
समूह वि बाट अन्तिम खेलमा बराबरी खेलेसँगै ५ अंक बनाएर पोल्यान्ड प्री क्वाटर फाइनलमा प्रवेश गरेको छ भने आजै भएको अर्को खेलमा मोरक्कोसँग बराबरी खेल्दै ५ अंक बनाएर स्पेन पनि प्री क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको ३ खेलमा ५/५ अंक बनाएको पोर्चुगल र स्पेन मध्ये गोल सङ्ख्याको आधारमा स्पेन समूह विजेता बनेको छ भने पोर्चुगल उपविजेता भएको छ । प्री क्वाटर फाइनल चरणमा स्पेनको भेट समूह ए को उपविजेता रसियासँग हुनेछ भने पोर्चुगलको भेट समूह ए को विजेता उरुग्वेसँग हुनेछ ।