१२ असार २०७५, काठमाडौं
रसिएन विश्वकपमा आज समूह सि का दुई राष्ट्र पेरु र अस्ट्रेलियाबिचको खेलमा पेरुले ० को बिरुद्ध २ गोल गर्दै पहिलो जित हासिल गरेको छ ।
समूह चरणको दुई खेलमा फ्रान्स र डेनमार्कसंग पराजित भएको पेरुले समुह चरणको दुई खेल मध्ये फ्रान्ससंग पराजित र डेनमार्कसंग बराबरी खेलेको अस्ट्रेलियालाई २-० को अन्तरमा पराजित गरेको हो । अस्ट्रेलियालाई पराजित गरे पनि पेरु अन्तिम १६ मा भने पर्न सकेन ।
समूह चरणको तीन खेलबाट ७ अंक बनाउदै फ्रान्स समूह विजेता र ५ अंक बनाउदै डेनमार्क समूह उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । समुह चरणको तीन खेल मध्ये १ खेलमा जित र २ खेलमा हार खेलेको पेरुको ३ अंक रहेको छ भने २ खेलमा हार र १ खेलमा बराबरी खेलेको अस्ट्रेलियाको १ अंक रहेको छ ।