१३ असार २०७५, काठमाडौं
जारी विश्वकपमा हिजो राति भएको समूह डि का दुई राष्ट्र अर्जेन्टिना र नाइजेरियाबिचको खेलमा अर्जेन्टिनाले १ को बिरुद्ध २ गोल गर्दै पहिलो जित हासिल गरेको छ ।
समूह चरणको दुई खेलमा आईसल्याण्डसंग बराबरी र क्रोएसियासंग पराजित भएको अर्जेन्टिनाले समुह चरणको दुई खेल मध्ये क्रोएसियासंग पराजित भएको र आईसल्याण्डसंग विजयी भएको नाइजेरियालाई २-१ को अन्तरमा पराजित गरेको हो । आईसल्याण्डलाई पराजित गरेसंगै ४ अंक बनाएको अर्जेन्टिना समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरणको तीन खेलबाट ९ अंक बनाउदै क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । समुह चरणको तीन खेल मध्ये १ खेलमा जित र २ खेलमा हार खेलेको नाइजेरियाको ३ अंक रहेको छ भने २ खेलमा हार र १ खेलमा बराबरी खेलेको आईसल्याण्डको १ अंक रहेको छ ।
अब प्री क्वाटर फाइनल चरणमा समूह डि को विजेता क्रोएसियाको भेट समूह सि को उपविजेता डेनमार्कसंग हुनेछ भने समूह डि को उपविजेता अर्जेन्टिनाको भेट समूह सि कै विजेता फ्रान्ससंग हुनेछ ।