१३ असार २०७५, काठमाडौं
रसियामा जारी विश्वकपमा हिजो राती ११:४५ मा भएको समूह डि का दुई राष्ट्र आईसल्याण्ड र क्रोएसियाबिचको खेलमा क्रोएसिया २-१ ले विजयी भएको छ ।
समूह चरणको दुई खेलमा आईसल्याण्डले अर्जेन्टिनासंग बराबरी र नाइजेरियासंग पराजित भएको थियो । त्यसैगरी क्रोएसियाले समुह चरणको दुई खेलमा नाइजेरिया र अर्जेन्टिनालाई पराजित गरेको थियो ।
समूह चरणको अन्तिम खेलमा आईसल्याण्डलाई पराजित गरेसंगै क्रोएसिया ९ अंक सहित समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । भने समूह चरणको खेलमा २ हार र १ बराबरी खेलेको आईसल्याण्डको १ अंक मात्र रहेको छ ।
हिजै राती भएको अर्को खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत १ जित १ हार र १ बराबरी खेलेको अर्जेन्टिना ४ अंक सहित उपविजेता बनेको हो । १ जित र २ हार खेलेको नाइजेरिया ३ अंक सहित तेस्रो स्थानमा छ ।
अब प्री क्वाटर फाइनल चरणमा क्रोएसियाको भेट समूह सि को उपविजेता डेनमार्कसंग हुनेछ भने अर्जेन्टिनाको भेट समूह सि कै विजेता फ्रान्ससंग हुनेछ ।