१२ असार २०७५
नाइजेरिया विरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना खुसीले पागल भएका थिए । अर्जेन्टिनाले २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए ।
गएराति भएको खेलमा अर्जेन्टिनालाई दोस्रो चरण प्रवेशका लागि जित्नै पर्ने दवाव थियो । तर, नाइजेरियाले बराबरी गोल फर्काएपछि अर्जेन्टिना निकै दबाबमा थियो । खेलको अन्त्यतिर आइपुग्दा म्याराडोना तनावमा देखिन्थें । जब, ८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरे ।
All those people giving Maradona a hard time can fuck right off. #worldcup #NIGvARG pic.twitter.com/PFB4iD3FgR
— iamwarsame (@IamWarsame) June 26, 2018
त्यसपछि अर्जेन्टिनी समर्थकहरुले निकै खुसी मनाएका थिए । म्याराडोना पनि खुसीले पागलजस्तै देखिएका थिए । जीतसँगै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ ।
Maradona to the Nigerian fans ??#worldcup #NIGvARG pic.twitter.com/tiFAMn8oki
— iamwarsame (@IamWarsame) June 26, 2018
तर, खेल सकिए लगत्तै उनलाई केही समय अस्पताल लगिएको छ । अस्पताल लग्नुअघि उनलाई रंगशालामै मेडिकल टिमले चेकजाँच गरेको थियो । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए ।
सन् १९८६ मा अर्जे्न्टिनालाई विश्वकप जिताएका म्याराडोना फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन् । एजेन्सी