१३ असार २०७५, काठमाडौँ
स्वच्छ मासु विक्रि वितरण सम्वन्धि तालिम काठमाडौँ जिल्ला पशु कार्यालय चपलीमा उद्घाटन भएको छ ।
बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि बूनपा नगर उपप्रमुख रमादेवि राई, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, अतिथिहरुमा विशिष्ट पशु चिकित्सक डा. पर्शुराम भूषाल, डा. गौरिमान श्रेष्ठ, डा. रुमिना महर्जन, चन्द्रकान्त पन्त मासु व्यवसायीहरु र अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सफा तथा स्वच्छ मासु कसरी धेरै भन्दा धेरै बेच्न सकिन्छ त्यस्ता खालका विधि अपनाउन आग्रह गरेकी थिईन् । अनुगमन गर्दा भेटीएका कमि कमजोरि पुनः दोहोरिमा कडा भन्दा कडा कारवाही गरिनुपर्छ । उनी भन्छिन्, “नगरपालिका भरिका वडाहरुमा मासुलगायत अन्य सबै सामग्रीमा मूल्य एकरुपता हुन आवस्यक छ ।”
बूनपा ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यवसाय गर्दा अरुलाई असर नपर्ने गरी गर्न प्रोत्साहन गर्दै दर्ता गरी सञ्चालनमा रहेका पसललाई वडाले गर्नु पर्ने साथ सहयोग गर्न तयार रहेको र राम्रोलाई पुरस्कार र नराम्रोलाई जरिवाना गर्नु पर्ने बताएका थिए ।
उक्त कार्यक्रम बूनपा पशु चिकित्सक प्रमुख काजी बहादुर श्रेष्ठले संचालन गरेका थिए ।