आज हुने ४ खेल कहाँ र क-कस्को बिच हुदैछ ?



१३ असार २०७५, काठमाडौं

रसीयामा जारी विश्वकप फुटबलको २१ औं सस्करणको समूह चरणको अन्तिम खेल अन्तर्गत आज विभिन्न ४ रंगशालामा ४ खेल हुदैछ ।

नेपाली समय अनुसार साझ ७ :४५ बजे समूह एफ अन्तर्गतका अन्तिम दुई खेल हुनेछ । जस मध्धे Central रंगशालामा स्विडेन र मेक्सिको भिड्नेछन् । समूह चरणको दुई खेलमा जर्मनी र दक्षिण कोरियालाई पराजित गरेको मेक्सिकोले जर्मनीसँग पराजित र दक्षिण कोरियासँग जित निकालेको स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ । जुन खेलमा स्वीडेनका डिफेन्डर ४ नम्बर खेलाडी इन्डेस र मेक्सिकोका गोलकिपर १३ नम्बर खेलाडी ओचोयलाइ मुख्य चाबीको रुपमा हेरिएको छ ।

त्यसै गरी ७ :४५मा हुने अर्को दोस्रो खेलमा जर्मनी र दक्षिण कोरिया आमुन्ने सामुन्ने हुदैछन । Kazan Arena रंगशालामा यो खेल हुनेछ । मेक्सिकोसँग पराजित र स्विडेनसँग विजयी भएको जर्मनीले मेक्सिको र स्विडेनसँग पराजित भएको दक्षिण कोरियासँग अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो । आजको यो खेलमा जर्मनीका मिडफिल्डर ८ नम्बरका टोनी कोस र कोरियाका फरवार्ड ७ नम्बरका हेयुङ्ग मिन सोनलाई प्रमुख रुपमा हेरिएको छ ।
समुह एफ मा अहिलेसम्म मेक्सिको ४ अंक छ भने जर्मनी र स्विडेनको ३ अंक रहेको छ । दक्षिण कोरियाको भने ० अंक रहेको छ ।

त्यसैगरी आजको अन्तिम दुई खेल समूह ई का राष्ट्रहरुबिच राती ११:४५ बाट हुदैछ । एउटा खेल Nizhny Novgrod रंगशालामा कोष्टारिका र स्विजरल्याण्डबिच हुदैछ । समूह चरणको दुई खेलमध्धे ब्राजिल र सर्वियासँग पराजित भएको कोष्टारिकाले ब्राजिलसँग बराबरी र सर्वियालाई पराजित गरेको स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सर्वियाका डिफेन्डर १६ नम्बर खेलाडी किस्टिन र स्विजरल्याण्डका डिफेन्डर १३ नम्बर खेलाडी रिकार्डोलाई आजको खेलमा विशेष रुपमा हेरिएको छ ।

११:४५ मा हुने अर्को खेलमा ब्राजिल र सर्विया प्रतिस्पर्धा गर्दैछन् । Otkrytie Arena रंगशालामा हुने उक्त खेलमा स्विजरल्याण्डसँग बराबरी र कोष्टारिकालाई पराजित गरेको ब्राजिलसँग कोष्टारिकालाई पराजित गरेको र स्विजरल्याण्डसँग पराजित भएको सर्वियासँग समुह चरणको अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।
समुह ई मा अहिलेसम्म ब्राजिल र स्विजरल्याण्डको बराबरी ४ अंक रहेको छ भने सर्वियाको ३ र कोष्टारिकाको ० अंक रहेको छ

प्रतिक्रिया दिनुहोस्