१३ असार २०७५, काठमाडौं
अखिल नेपाल खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा “बादल”ले गरेका छन् ।
कार्यक्रममा गृहमन्त्री थापाले एमएमए खेलाडी सन्तोष साउद क्षेत्री र एलिशा खड्कीलाई प्रशंसा पत्र एव दोसल्ला ओडाएर सम्मान समेत गरेका छन् । खेलाडी साउद र खड्कीले गत महिना भारतको दिल्लिमा सम्पन्न प्रस्तिस्ठीत अन्तर्राष्ट्रिय मिक्स मार्शलआर्ट्स एचएफसि च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका थिए ।
सोही अबसरमा गृहमन्त्री बादलले खेलाडी सधै अन्तर्राष्ट्रिय जगतमा सद्भावना दुत रहेको र मुलुकको गरिमा जोगाउन महत्त्वपूर्ण रहेको धारणा ब्यक्त गरेका छन् । पबन अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य एवं अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुन बहादुर केशी साथै नेपाल थाई बक्सिङ सघका अध्यक्ष नबराज भन्डारी लगाएतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
५दिन सम्म सन्चालन हुने बक्सिङ प्रतियोगितामा अधिराज्यभरका १८८जना खेलाडीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ।