१४ असार २०७५, काठमाडौं
नेमकिपा सांसद प्रेम सुवालले वैदेशिक रोजगारीको ठगीबाट उठ्ने पैसा मन्त्री र सचिवसम्म पुग्ने गरेको सन्दर्भमा राखेको प्रश्नमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले त्यसलाई प्रमाणित गर्न चुनौती दिए ।
‘माननीयजीले विगतको सम्झनामा राख्नुभएको भए आपत्ति छैन तर श्रम रोजगार मन्त्रीको हैसियतले प्रश्नकर्तालाई चुनौती दिन चाहन्छु, मन्त्री र सचिवले १ पैसा दुरुपयोग भएको थाहा भएमा सार्वजनिक बिदा लिनेछौं,’ मन्त्री विष्टले भने, ‘सांसदले संसदमा बोल्दा आफ्नो गरिमा कायम राख्नुपर्छ ।’
मन्त्रीको जवाफपछि सांसद सुवालले नियमापत्ति गर्न खोजेपनि बैठकको अध्यक्षता गरेकी उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फेले नियमापत्ति नलाग्ने बताइन् ।