दक्षिण कोरियाद्वारा जर्मनीको लज्जास्पद हार



१४ असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकपमा हिजो राती ११:४५ मा भएको खेलमा सन् २०१४ को विश्व विजेता जर्मनीले लज्जास्पद हार बेहोरेको छ । Kazan Arena रंगशालामा समूह एफ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आमुन्ने आमुन्ने भएका दुई राष्ट्र दक्षिण कोरिया र जर्मनीबिचको खेलमा जर्मनीलाई २ गोल हान्दै कोरिया विजयी भएको छ ।

समूह चरणको पहिलो खेलमा क्रोएसियासँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई पराजित गरेको थियो । त्यसैगरी कोरियाले भने स्विडेन र क्रोएसिया दुबैसँग पराजित रहेको थियो । समूह चरणको दुई खेललाई हेर्दा अंकको आधारमा जर्मनीको ३ अंक रहेको थियो भने कोरियाको कुनै पनि अंक रहेको थिएन ।

समूह चरणको दुई खेललाई हेर्दा दुवै खेल जितेको क्रोएसिया ६ अंक सहित अगाडी थियो भने स्विडेन र जर्मनी ३ अंक सहित दोस्रो स्थानमा थिए । धेरैको अनुमान थियो कोरियालाई जर्मनीले र स्विडेनलाई क्रोएसियाले पराजित गर्छ अनि अन्तिम १६ मा जर्मनी र क्रोएसिया जान्छ । तर सबैको त्यो अनुमानको उल्टो बन्यो हिजोको खेल । क्रोएसियालाई स्विडेनले ० को विरुद्द ३ गोल गर्यो भने जर्मनीलाई कोरियाले ० को विरुद्द २ गोल ।

क्रोएसियासँगको पहिलो खेलमा खासै राम्रो खेल प्रस्तुत गर्न नसकेको जर्मनीले दोस्रो खेलमा धेरै संतोसजनक र आसामुखी खेल प्रदर्शन गरेको थियो । दोस्रो खेल हेर्दा लाग्थ्यो कि अब जर्मनी खेलमा फर्कियो , जर्मनीले समूह चरण पार गर्दै पुन विश्व विजेता बन्न सक्छ । तर जर्मनीलाई स्तब्ध बन्नाइदियो कोरियाले । समुह चरणको खेललाई हेर्दा खासै राम्रो प्रदर्शन गर्न नसकेको कोरियाले अन्तत आफ्नो समुहको एउटा उत्कृष्ट र बलियो मानिएको टिम जर्मनीलाई २ गोल हान्दै आफ्नो इतिहास मात्र रचाएन जर्मनीलाई पनि घर फर्काइदियो ।

जर्मनीलाई पराजित गरे पनि कोरिया अन्तिम १६ मा पर्न भने सकेन । समुह एफ बाट समुह विजेता बन्दै स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ भने क्रोएसिया उपविजेता बन्दै प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्