१४ असार २०७५, काठमाडौं
हिजो राति भएको समूह एफ को अन्तिम खेलमा क्रोएसियालाई स्विडेनले पराजित गरेको छ ।
समूह चरणको दुई खेलमा जर्मनी र कोरियालाई पराजित गर्दै ६ अंक सहित क्रोएसिया शिर्ष स्थानमा रहेको थियो भने जर्मनीसँग पराजित भएको र कोरियालाई पराजित गरेको स्विडेनको ३ अंक रहेको थियो । अनितीय रुपमा धेरै फरक रहेको क्रोएसियालाई अन्तत स्विडेनले ० को विरुद्द ३ गोल गर्दै स्तब्ध बनाइदियो ।
समूह चरणको तीन खेलमा बराबर ६ अंक बटुलेको स्विडेन र क्रोएसिया मध्धे बढी गोलको आधारमा स्विडेन समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । त्यसैगरी क्रोएसिया उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । समुह एफ बाट सन् २०१४ को विश्व विजेता जर्मनी र दक्षिण कोरिया भने बाहिरिएको छ ।
अन्तिम १६ को खेलमा समुह एफ को विजेता स्विडेनको भेट समूह ई को उपविजेता स्विजरल्याण्डसँग असार १९ गते साँझ ७:४५ बजे हुनेछ भने समूह एफ को उपविजेता मेक्सिकोको भेट समुह ई को विजेता ब्राजिलसँग असार १८ गते साँझ ७:४५ बजे हुनेछ ।