अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा



१४ असार २०७५, सोल

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापान भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् ।

रक्षामन्त्री जेम्स बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेको  वभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आज राति म्याटिस जापानको राजधानी टोकियो जाने समाचरमा जनाइएका छन् ।

प्राप्त समाचारअनुसार उनले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्ने छन् ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि रक्षामन्त्री जेम्स पहिलो पटक यी दुई देशको भ्रमणका लागि निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्