आज बेल्जियम र इंग्ल्याण्ड भिड्दै, केन र लुकाकुलाई गोल गर्नै पर्ने दबाव



१४ असार २०७५ ,काठमाडौं

समुह जी को अन्तिम खेल अन्तर्गत आज राति ११ :४५ मा बेल्जियम र इंग्ल्याण्ड भिड्दै छन् । Kaliningard रंगशालामा हुने उक्त खेलबाट समुह जी को समुह विजेता र उपविजेताको छनौट हुनेछ ।

समूह चरणको दुई खेलमा ट्युनेसिया र पानामालाई पराजित गरेका दुवै टिमको समान ६/६ अंक रहेको छ । समुह चरणको अन्तिम खेल खेल्नु अघि नै यी दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यी दुवै टिमले आफुलाई विश्वकपको सशक्त दाबेदारी हो भन्ने प्रमाण प्रस्तुत गर्नको निम्ति पनि जित निकाल्न आवस्यक छ । समान ६/६ अंक भए पनि गोल संख्याको आधारमा इंग्ल्याण्ड बेल्जियाम भन्दा अगाडी रहेको छ ।

आजको खेलमा बेल्जियामका लुकाकु र इंग्ल्याण्डका ह्यारी केनलाई विशेष रुपमा हेरिएको छ । दुई खेलमा लुकाकुको ४ गोल रहेको छ भने केनको एक ह्याट्रिक सहित ५ गोल रहेको छ । आज दुबैले कडा मेहनत गर्ने खेल विश्लेषकहरुको भनाई रहेको छ ।

जारी विश्वकपको गोल्डेन बुटको सम्भावित दाबेदारीको रुपमा हेरिएको दुई खेलाडी लुकाकु र केनको आजको प्रस्तुतिलाई सबैले विशेष रुपमा लिएको पाहिन्छ । गोल्डेन बुट पाउने सम्भावित खेलाडी बन्नको निम्ति पनि दुबैलाई आज जसरी भएपनि आफुले गोल गर्ने पर्ने दबाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्