१५ असार २०७५ ,काठमाडौं
रसियामा जारी २१ औं सस्करणको विश्वकपको समुह चरणको खेल सकिएको छ । नेपाली महिना अनुसार जेष्ठ ३१ गतेबाट सुरु भएको विश्वकपको समूह चरणको खेल हिजो असार १४ गते सकिएको हो ।
छनौट चरण पार गर्दै २१ औं सस्करणको विस्वकाप खेल्न चुनिएका ३२ देशलाई ८ समुहमा विभाजन गरिएको थियो । एक समुहमा ४ देश हुने गरी विभाजन गरिएको समूह अन्तर्गत समुह ए मा उरुग्वे , रसिया , साउदी अरब र इजिप्ट रहेका थिए ।
समुह बि बाट स्पेन , पोर्चुगल , इरान र मोरक्को समुह सी बाट फ्रान्स , डेनमार्क , पेरु र अस्ट्रेलिया , समुह डि बाट क्रोएसिया , अर्जेन्टिना , नाइजेरिया र आइसल्याण्ड , समुह ई बाट ब्राजिल , स्विजरल्याण्ड , सर्विया र कोष्टारिका , समुह एफ बाट स्विडेन , मेक्सिको , दक्षिण कोरिया र जर्मनी , समुह जी बाट बेल्जियाम , इंगल्याण्ड , ट्युनेसिया र पानामा अनि समुह एच बाट कोलम्बिया, जापान , सेनेगल र पोल्याण्ड रहेका थिए ।
समुह ए बाट समुह विजेता बन्दै उरुग्वे र उपविजेता बन्दै रसिया, समुह बि बाट समुह विजेता बन्दै स्पेन र उपविजेता बन्दै पोर्चुगल ,समुह सि बाट समुह विजेता बन्दै फ्रान्स र उपविजेता बन्दै डेनमार्क , समुह डि बाट समुह विजेता बन्दै क्रोएसिया र उपविजेता बन्दै अर्जेन्टिना , समुह ई बाट समुह विजेता बन्दै ब्राजिल र उपविजेता बन्दै स्विजरल्याण्ड , समुह एफ बाट समुह विजेता बन्दै स्विडेन र उपविजेता बन्दै मेक्सिको , समुह जि बाट समुह विजेता बन्दै बेल्जियाम र उपविजेता बन्दै इंगल्याण्ड साथै समुह एच बाट समुह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान अन्तिम १६ मा प्रवेश गरेको छ ।
अन्तिम १६ का खेलहरु भोलिबाट संचालन हुदैछ । जसमा समुह ए को विजेता र समुह बि को उपविजेता प्रतिस्पर्धा गर्नेछन भने समुह ए को उपविजेताले समुह बि को विजेतासँग प्रतिस्पर्धा गर्नेछन । समुह सी को विजेता र समुह डि को उपविजेता प्रतिस्पर्धा गर्नेछन भने समुह सी को उपविजेताले समुह डि को विजेतासँग प्रतिस्पर्धा गर्नेछन ।
त्यसैगरी समुह ई को विजेताले र समुह एफ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन भने समुह ई को उपविजेताले समुह एफ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन । समुह जि को विजेता र समुह एच को उपविजेता प्रतिस्पर्धा गर्नेछन भने समुह जि को उपविजेताले समुह एच को विजेतासँग प्रतिस्पर्धा गर्नेछन ।
भोलिदेखि हुने प्री क्वाटर फाइनलको खेलबाट क्वाटर फ़ाइनलमा प्रवेश गर्ने अन्तिम ८ टोलीको छनौट गरिने छ ।