नेपालमा मेसीको सामाजिक कर्मको चर्चा : ८ जिल्लामा छन् उनले बनाइदिएका १४ वटा स्वास्थ्य चौकी



१६ असार २०७५, काठमाडौँ

चर्चित फुटबल स्ट्राईकर लियोनेल मेसीको नाम नसुन्ने नेपाली फुटबल प्रेमीहरु सायद कमै होलान् । उनको टिम जारी विश्वकपमा मुस्किलले टप १६ मा उक्लँदा अजेन्टिनाका नागरिकहरु जस्तै अधिकांश नेपालीहरु पनि खुशीले फुरुगं छन् ।

कारण अर्जेन्टिना र मेसीका सर्मथक नेपालमा अत्याधिक रहेका छन् । उनका सर्मथक जानेर नजानेर बढीरहँदा मेसीले नेपालमा पुर्याएको सहयोगको यतिबेला चौतर्फी चर्चा छ । गोरखा नगरपालिका १४ को देउराली स्वास्थ्य चौकीको ६ कोठे भवनको एउटा भित्तोमा भवन निर्माणको तिथि मिति सहित निर्माणका साझेदारहरुको नाम र लोगो छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र युनिसेफको लोगोको बीचमा खासै नसुनिएको एउटा संस्थाको नाम र लोगो छ । त्यही लागेको नजिकै मेसीको पनि नाम छ । धेरैलाई युनिसेफले बनाइदिएको भन्ने थाहा छ, तर मेसीको पैसा भन्ने चाहिँ थाहा छैन । विश्वकप फुटबल चलिरहेको यो बेला उनको चर्चा जारी रहेका बेला मेसीले नेपालमा गरेको सहयोगको पनि ब्यापक चर्चा भइरहेको छ ।

मेसीले नेपाललाई सिधै सहयोग रकम नपठाए पनि उनले परोपकारी काम गर्नका लागि स्थापना गरेको द लियो मेस्सी फाउण्डशेनले युनिसेफ मार्फत स्वास्थ्य चौकी भवन निर्माण गरेर समाजसेवामा आफ्नो नाम सुनौला अक्षरले लेखाउन भने सफल भएका हुन् । युनिसेफले भूकम्प प्रभावित जिल्लाहरुमा बनाएका कूल ७४ स्वास्थ्य चौकीमध्ये १४ वटाको भवन बनाउन मेसी फाउण्डेशनको पैसा खर्च गरको हो ।

प्रतिक्रिया दिनुहोस्