१६ असार २०७५, ब्रसेल्स
युरोपेली आयोगका अध्यक्ष जोन क्लाउड जङकरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।
ट्रम्पलाई भेट्न आफु आउदो जुलाईको अन्त्यतिर अमेरिकाको वासिङ्टन जाने तयारी गरेको उनले शुक्रबार जानकारी दिएका छन् । ट्रम्पको प्रशासनसँग व्यापार सम्बन्धी विवाद मिलाउनका लागि सहयोग गर्ने उद्देश्यले अध्यक्ष जोन क्लाउड अमेरिका जान लागेको बताइएको छ ।
“म वासिङटन जाँदैछु, युरोपेलीको तर्फबाट म जान लागेको हुँ,” युरोपेली आयोगका अध्यक्ष जङ्करले भने ।