१७ असार २०७५, काठमाडौं
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्।
पति बिदेसिएपछि धेरै समयसम्म एक्लो महसुस गरेकी उनले अहिले आफ्नो काँधमा आइलागेको जिम्मेवारी परिवारका सदस्यसँग मिलेर पूरा गर्न थालेकी छन् ।
घरभित्र र बाहिरका हरेक काम परिवारका सदस्यसँग समन्वय गरेर सम्पन्न गर्दा बोझ र तनाव दुवैबाट मुक्त हुने उनी बताउँछिन्।
यस्तै, विदेशबाट पतिले पठाएको पैसाका विषयमा परिवारका सदस्यबीच झगडा हुन नदिन खाल्लेकी मुना बस्नेतले हिसाबकिताब पारदर्शी राख्न थालेकी छिन्।
विदेशबाट आएको पैसाको हिसाब र परिवारसँग सम्बन्धित घरभित्र तथा बाहिरका समस्या सासूससुरालगायतलाई सुनाउन थालेपछि विवाद हुन छाडेको र सहज समाधान हुन थालेको उनको अनुभव छ।
वैदेशिक रोजगारीका कारण निम्तिने समस्या र तनाव व्यवस्थापन गर्न मनोसामाजिक परामर्श दिन थालिएपछि समाजमा सकारात्मक सोचको विकास ।