१७ असार २०७५, काठमाडौं
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ ।
संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ ।
विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रै भए भएको प्रमाणपत्र निर्वाचन आयोगबाट पाएपछि बसेको प्रतिनिधिसभाको बैठकबाट कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानअनुसार सभामुख र उपसभामुखमध्येक एकले राजीनामा दिएर कानुन्को पालना गर्नुपर्ने बताउनुभयो ।