सलोन बस्नेतको ‘बाबु कान्छा’ ट्रेलर सार्वजनिक



१७ असार २०७५, काठमाडौं

नायक सलोन बस्नेतको प्रमुख भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ।  ट्रेलरमा प्रेम, रोमान्स र एक्सनले  स्थान पाएकोे छ ।

सार्वजनिक ट्रेलरमा सलोनले १७ बर्ष अघि बाल कलाकारको रुपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को झलक पनि समावेश छ।

असार २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सोभित बस्नेतले निर्माण एवम् निर्देशन गरेका हुन् ।ट्रेलरमा सलोनसँगै करिष्मा श्रेष्ठ, निर शाह, सरोज खनाल, सम्राटख सापकोटा, राजाराम पौडेललाई पनि प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्