१७ असार २०७५, संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गरी उनले दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेका हुन् ।
यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजले विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।
सिरियामा भएका पछिल्ला कारबाहीबाट ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएकोप्रति राष्ट्रसंघ प्रमुख चिन्तित बनेको उनका प्रवक्ता स्टेफेन दुजारिकले बताए ।
महासचिव गुथ्रेसले सरकारी सुरक्षा कारबाही भएको दक्षिणपश्चिम क्षेत्रलाई जोर्डन, रूस र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।