योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



१७ असार २०७५ ,काठमाडौं

विधुषी योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो राजधानीको पुतलीसडकमा रहेको कान्तिपुर सिटि कलेजको हलमा नेपाले डाँडा परिवार , काठमाडौंले सो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नेकपाका प्रवक्ता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए । झण्डै एक सय भन्दा बढी सहभागी रहेको कार्यक्रममा योगमायाको विषयमा पहिलो विद्यावारिधि गर्ने डा. दिपेश न्यौपानेले योगमायाको बारेमा परिचय गराएका थिए । त्यसैगरी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना अभियानका अभियन्ता भविन्द्र अधिकारीले कार्यक्रमको विषयवस्तुमाथि आफ्नो कुरा राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले योगमायाको सहास र योगदानको खुलेर प्रसंसा गरेका थिए । योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्दा नेपाले डाँडा र योगमायाले तपस्या गरेको स्थल, समाधि लिएको स्थललाई छायाँ पार्ने गरी स्थापना भएमा त्यो कसैलाई पनि स्वीकार्य नहुने पनि श्रेष्ठले बताए । अब योगमाया आयुर्वेदिक विश्वविद्यालय बन्छ त्यसैले यतिबेला नेपाले डाँडा आसपासमा विश्वविद्यालयलाई आवस्यक पर्ने सम्भावित जग्गाको अध्ययन गरिरहेको समेत श्रेष्ठले प्रष्टाए ।

कार्यक्रमममा उपस्थित अधिकांस सहभागीहरुले योगमायाको नाम बेचेर केहि ब्याक्तिहरु योगमाया आयुर्वेदिक विश्वविद्यालयलाई अरु नै तिर लाने योजना बनाइरहेको भन्दै त्यस्तो भएमा कुनै हालतमा स्वीकार्य नहुने बताए । कार्यक्रमममा आफ्नो विचार राख्दै युवा नेता चन्द्रविक्रम राईले योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाको नाममा कलाकार भन्दा डाइरेक्टर हावी भएर पर्दामा देखिन थालेको हुदा यसले राम्रो नतिजा दिने कुरामा शंका लाग्न थालेको भन्दै डाईरेक्टरहरुलाई पर्दा पछाडी बसेर कलाकारलाई पर्दामा देखाउन सुझाब दिए।

कार्यक्रममा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना अभियानका अभियन्ता रविन्द्र अधिकारी , योगमाया फाउन्डेसन नेपालका अध्यक्ष रामचन्द्र न्यौपाने, अमृत निरौला र गुरु प्रसाद राई लगायतले आफ्नो विचार राखेका थिए ।

योगमाया फाउन्डेसन नेपालले विशेष सहयोग गरेको कार्यक्रमममा उपस्थित सबैको लिखित सुझाब संकलन गरिएको र त्यो सुझाबहरु योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका अभियन्ताहरुलाई बुजाइने नेपाले डाँडा परिवारका अध्यक्ष बलराम राईले बताए।

प्रतिक्रिया दिनुहोस्