क्यानडामा नेपाल चिनाए पर्यटनमा विकास



१७ असार २०७५, काठमाडौँ

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको आयोजनामा भएको एक सय ५१औँ क्यानडा राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताइएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मैत्री संघलाई भगिनी संस्थाका रुपमा विकास गरेर नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताएकी छन् ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले क्यानडाबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताएका थिए । संघका अध्यक्ष प्रा डा प्रदीपकुमार खड्काले नेपाल र क्यानडाको सम्बन्धलाई थप मजबुत बनाउन संघले निरन्तर काम गरिरहेको उल्लेख गरे ।

लामो समयदेखि क्यानडामा बस्दै आएकी डा रीता डंगोलले क्यानडालीलाई नेपालबारे चिनाउन सकिए नेपालको पर्यटन क्षेत्रमा ठूलो विकास हुने बताएकी थिईन् । “क्यानडामा बुद्ध भारतमा जन्मेका हुन् भन्ने शिक्षा दिइएकोछ, बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन सके मात्र पनि नेपालको विकासमा ठूलो मद्दत पुग्नेछ”, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्