मेस्सी र रोनाल्डो एकै दिन घर फर्किए



१७ असार २०७५ ,काठमाडौं

मेस्सी र रोनाल्डो एकै दिन घर फर्किका छन्। प्रि क्वाटर फाइनल चरणको खेलमा पराजित हुदै दुवै खेलाडी घर फर्किएका हुन्।

हिजो साझँ भएको खेलमा अर्जेन्टिनालाई फ्रान्सले ३ गोलको विरुद्द ४ गोल गर्दै घर जाने बाटो खोलिदिएको थियो भने राति भएको खेलमा उरुग्वेले पोर्चुगललाई २ गोलको विरुद्द ३ गोल गर्दै घर जाने बाटो खुल्ला गरिदिएको थियो।

जारी विश्वकपमा एक दाबेदारी राष्ट्रको रुपमा हेरिएको अर्जेन्टिना र त्यसको स्टार खेलाडी मेस्सी अनि अर्को दाबेदारीको रुपमा रहेको राष्ट्र पोर्चुगल र त्यसको स्टार खेलाडी रोनाल्डोले एकै दिन पराजय भोग्दैसंगै घर फर्किने वातावरण बनेको हो। दुवै देश र दुवै खेलाडीको २१ औँ विश्वकपको उपाधि चुम्ने सपना अधुरो भएको छ।

५/५ पटक फिफा बर्ष खेलाडी बनिसकेका यी दुई खेलाडीहरु आगामी हुने २२ औं विश्वकपमा भने देखिने नदेखिने भन्ने विषयमा अझै पनि उनीहरुले औपचारिक रुपमा केहि प्रतिक्रिया दिएका छैनन्। सगै घर फर्किएका यी दुई खेलाडीलाई यतिबेला धेरैले सम्झिरहेका छन्, धेरै समर्थकहरु निरास बनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्