मुटुको धड्कन बढ्नु खतरनाक रोगको लक्षण



१७ असार १०७५, काठमाडौं

कोलेस्ट्रोलको समस्या कुनै न कुनै बेला हुन सक्छ । तर यसको समस्या बढ्दो उमेरमा धेरै देखिन्छ । जब आफ्नो शरीरमा कुनै प्रकारको रोग आउँछ भने त्यसले बिस्तारै आफ्नो लक्षण देखाउन थाल्छ । कोलेस्ट्रोलमा एक प्रकारको फ्याट हुन्छ जसको उत्पादन लिवरले गर्छ । शरीरमा यसको अधिक मात्रा बढी भएपछि कोषिकामा जम्न शुरु हुन्छ । कोलेस्ट्रोल बढ्नुका लक्षण यस प्रकारका छन् ।

चाँडै थकित हुनु अथवा स्याँस्याँ हुनु
थोरै हिड्ने बित्तिकै तपाईलाई थकान महशुस अथवा स्याँस्या हुन्छ भने यो कोलेस्ट्रोलको लेबल बढ्ने लक्षण हो ।

खुट्टा सधै दुख्नु
बिना कारण खुट्टा दुखिरहनु कोलेस्ट्रोलको लक्षण हो । यस्तो दुखाई हँुदा तपाईले हल्का रुपमा नलिइ डाक्टरकोमा चेकअप गर्नुपर्छ ।

धेरै पसिना आउनु
सामान्य पसिना आउनु राम्रो हो तर आवश्यकता भन्दा बढी पसिना आउनु शरीरमा कोलेस्ट्रोलको लेबल बढ्ने संकेत हो । यस्तो समस्या खेलिएमा डाक्टरकोमा देखाउनु आवश्यक छ ।

अचानक वजन बढ्नु
यदि तपाईको अचानक वजन बढ्दै गयो भने वा शरीर भारी भएको महशुस हुन्छ भने तपाइको कोलेस्ट्रोल बढ्दैछ ।

ब्लड प्रेसर बढ्नु
ब्लड प्रेसर अचानक सामान्यबाट हाई हुनु कोलेस्ट्रोल बढ्नुको एक कारण हो ।

छट्पटी चल्नु वा बेचैन बढ्नु
यदि तपाईलाई अचानक छट्पटी चल्यो वा बेचैन बढ्यो भने सायद वजनमा हाई कोलेस्ट्रोल हुनसक्छ ।

मुटुको धड्कन तेज चल्नु
यदि तपाईको धड्कन जोडले धड्किन्छ भने तपाईलाई कोलेस्ट्रोल हुन सक्छ । जब शरीरमा कोलेस्ट्रोल लेवल बढ्छ भने मुटुमा रगतको सप्लाई हुन सक्दैन । जसको कारण मुटुको धड्कन तेज चल्न थाल्छ । यो पनि कोलस्ट्रोल बढेको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्