१७ असार २०७५, काठमाडौं
सुन्दरताले तपाईको बाहिरी आवरणलाई झल्काउँछ । सुन्दरताकै लागि मानिसहरु विभिन्न कृतिम मेकअपको प्रयोग गर्छन् । यसले तपाईको आत्मविश्वासलाई बढाउँछ ।
बढ्दो उमेरका कारण तपाईको लुज स्किनले सुन्दरतालाई खराब बनाउन सक्छ भने कसैको कम उमेरमै । यस्तो अवस्थामा मानिसहरु व्युटी पार्लर गई महंगो ट्रिटमेन्ट लिन थाल्छन् तर यसको असर केहि दिनका लागि मात्र हुन्छ ।
तपाईको छालालाई दिर्घकालसम्म स्वच्छ बनाउन विभिन्न घरेलु सामाग्रीको प्रयोगबाट सुन्दर र टाइट छाला बनाउन सक्नुहुनेछ । यसको प्रयोगले कम समयमै तपाई यो समस्याबाट छुट्कारा पाउनुहोस् ।
घरमै बनाएर प्रयोग गर्नुहोस् यस्तो लोशन
छालाको समस्याबाट बँच्न यी उपाय अपनाउन सक्नुहुनेछ । एक चम्चा आलुको जुस बनाउने र त्यसमा एक चम्चा टमाटरको जुस मिसाई राम्रोसँग घोल्ने । साथै यस लोसनको प्रयोग गर्नु भन्दा पहिला सधैं अनुहारलाई सफा पानीले राम्रोसँग धुने । सधैं पानीले सफा गर्ने गरेपछि टमाटर र आलुको लोशनलाई पुरा फेसमा राम्रोसँग लगाउने । यो लोशनले तपाईको अनुहारमा भएको कालो धब्बा दागलाई ठीक गर्छ । यो लोशन पाँच मिनेटसम्म राख्ने र सफा पानीले धुने ।
यदि तपाईले निम्न कार्य हप्तामा तीन दिन गर्नुभयो भने तपाईको अनुहारमा भएका सवै दाग ठीक हुनुको साथै छालालाई टाइट र चम्किलो बनाउँछ ।