टिजरमा यस्तो देखियो साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’ (भिडियो)



 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को टिजर रिलिज भएको छ ।‘इन्टु मिन्टु लण्डनमा’ बाट धिरज मगरले नायकको रुपमा डेब्यू गरेका हुन् ।

असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

कोरियोग्राफर रेनाशा वान्तवा राई निर्देशित चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्