१८ असार २०७५, काठमाडौं
सन् २०१९ अक्टोबरमा हुने युथ ओलम्पिक गेम्सको छनौट प्रक्रियाको लागि १०० मिटर एथलेटिक्स खेलाडी लुजला अमात्य तथा प्रशिक्षक विमला जोशी अमात्यलाई बैंककमा हुन गई रहेको ‘युथ ओलम्पिक कन्टिनेन्टल क्वालिफिकेशन च्याम्पियनसिपमा’ सहभागिताको लागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जीवन राम श्रेष्ठले विदाई गरेका छन् । श्रेष्ठले खेलाडीलाई आफ्नो स्वास्थ्यको ध्यान राखी प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न समेत शुभकामना दिएका छन् ।
उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यकारिणी सचिव सुजन लाल श्रेष्ठ तथा शारीरिक सुगठन तथा फिटनेसका मुख्य प्रशिक्षक राजेन्द्र रत्न तुलाधार उपस्थित थिए ।