‘यो मेरो जीवनको दुःखद दिन हो’ भन्दै इनियस्टाले लिए सन्यास



१८ असार २०७५, काठमाडौं

जारी विश्वकपमा ३४ वर्षीय स्पेनिस मिडफिल्डर आन्द्रे इनियस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । प्रि क्वार्टरफाइनलमा आयोजक रसियासँग ट्राईब्रेकरमा हारेपश्चात स्पेन विश्वकपबाट बाहिरिएपछि इनियस्टाले पनि सन्यास लिएका हुन् ।

२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका इनियस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरेता पनि कोके र आसपासको पेनाल्टीलाई रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।

खेलपछि इनियस्टाले भनेका छन्, ‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’

इनियस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भने, ‘यो मेरो जीवनको दुःखद दिन हो ।’

प्रतिक्रिया दिनुहोस्