२२ असार २०७५, चितवन
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।
तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।
नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।
समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ ।