अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा



२२ असार २०७५, प्योङयाङ

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेको समाचार छ ।

उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने छन् । उनी सोही विषयमा वार्ताका लागि त्यसतर्फ लागेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्ने छन् । सो वार्ता शुक्रबार बिहान हुने जनाइएको छ । त्यसपछि उनले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्ने बताइएको छ ।

उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लागेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्