२२ असार २०७५, काठमाडौं
ब्राजिलका स्टार नेइमारले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । फुटबल खेलको क्रममा मैदानमा धेरै पटक लड्दै आएका नेयमारले आफुले त्यो बेला निकै पिडा भएको प्रतिक्रिया दिएका छन् ।
नौंटकी गरेको भन्दै आलोचित बनिरहेका बेला नेयमारले त्यसको खण्डन गर्दै भनेका छन्, ‘त्यो बेला मलाई असाध्यै पिडा भएको थियो, मैले आफ्नो पिडा नियन्त्रण गर्न सकिन । म माथि अस्वभाविक रुपमा आरोप लगाइयो ।’
रुसमा जारी विश्वकपमा नेयमार विपक्षी खेलाडीसँगको सामान्य ट्याकलको क्रममा पनि निकै ठूलो चोट लागे जसरी लड्ने गरेको र सानो कुराको ठूलो प्रतिक्रिया देखाउने गरेको भन्ने आरोप लागेपछि यस्तो प्रतिक्रिया दिएका हुन्
गोलीगाँठोमा मेक्सिकोका मिगुएल लायुनले आक्रमण गरेका थिए । उनले सुस्तरी छोएको जस्तो देखिएको थियो । तर नेयमारले त्यसमा ठूलै कुरा भएको जस्तो गरी मैदानमा लडे । सबैको ध्यान आफू तिर ताने । उनको यो व्यवहारको मेक्सिकोका प्रशिक्षकले आलोचना गरेका थिए ।