२५ असार २०७५, काठमाडौं
रसियामा जारी २१ औँ सस्करणको विश्वकपमा इंग्ल्याण्डले २-० को अन्तरमा आफ्नो टिम स्विडेनलाई पराजित गरेसँगै स्विडेन प्रशिक्षकले इंग्ल्याण्ड विश्वकप जित्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्।
क्वाटर फाइनल चरणको खेलमा स्विडेनलाई पराजित गरेर इंग्ल्याण्ड सेमिफाइनल चरणमा प्रवेश गरेको हो। सन् १९९० पछि पहिलो पटक सेमिफाइनलमा पुगेको इंग्ल्याण्डको भेट क्रोएसियासँग हुदैछ।
जारी विश्वकपमा इंग्ल्याण्डको प्रदर्शनमा स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि सकारात्मक थिए। उनको प्रतिक्रिया छ , इंग्ल्याण्ड राम्रो फुटबल खेल्ने टोलि हो। उनीहरु एकदम बलियो र व्यवस्थित पनि छन् । उनीहरु खासै विपक्षीलाई अवसर पनि दिदैनन। तेसैले इंग्ल्याण्डले यो पटकको विश्वकप जिन सक्छ। इन्ग्ल्यान्दका खेलाडी र प्रशिक्षक पनि यो आधारमा हकदार हुन्।
जारी विश्वकपमा जर्मनीसंगै समूह एफ मा रहेको इंग्ल्याण्ड समूह विजेता हुदै अन्तिम १६ मा पुगेको थियो भने विश्वकप छनौट चरणमा इटालीलाई पराजित गरेर आएको हो।
यहि जुलाई ११ अर्थात असार २७ गते नेपालि समय अनुसार राति ११:४५ बजे सेमिफाइनल चरणको खेलमा इंग्ल्याण्ड र क्रोएसिया आमुन्ने सामुन्ने हुदैछन। के क्रोएसियालाई पनि पराजित गर्दै इंग्ल्याण्डले फाइनल चरणमा प्रवेश गर्छ ?