२५ असार २०७५, काठमाडौं
रसिया विश्वकपको दुई दिन अघि स्पेनिस टोलीको प्रशिक्षकमा नियुक्त भएका ५० वर्षीय फर्नान्डो हियरोले पदबाट राजीनामा दिएका छन्। स्पेनलाई विश्वकपको अन्तिम १६ भन्दा अगाडि लैजान नसकेको भन्दै राजीनामा दिएका हुन्।
विश्वकपको उपाधि प्रमुख दाबेदार स्पेन अन्तिम १६ मा स्पेन घरेलु टोली रूससँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो।
स्पेनिस फुटबल फेडेरेसनले विश्वकपको दुई दिन अगाडि प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्दै हियरोलाई टिम सम्हाल्ने जिम्मा दिएको थियो।