तामाङ सोसाइटी अफ अमेरिकाले बौद्ध स्तुपा निर्माणको लागि रु. ५ लाख सहयोग गर्ने



२५ असार २०७५, न्युयोर्क

हिजो जुलाई ८, २०१८ का दिन न्युयोर्कमा सम्पन्न वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा निर्माणधीन बौद्ध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङले सोसाइटीको तर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ । तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममा अध्यक्ष श्रीमती तामाङले सो चन्दा रकम स्तुपा निर्माणको लागि प्रदान गर्ने घोषणा गरेकी हुन् । सो वाङ अर्थात अभिषेक कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई के कसरी यथार्थपरक बनाउन सकिन्छ त्यस बारेमा प्रवचन दिएका थिए ।

न्युयोर्कको क्विन्स स्थित तामाङ सोसाइटी अफ अमेरिकाको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा लगभग १०० जना उपस्थित महानुभाबहरुलाई बौद्ध गुरुले वाङ प्रदान गरेका थिए । कार्यक्रमको संचालन सोसाइटीका महासचिव बुद्धिमान तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्