कांग्रेस जोगाउन गोविन्द केसीको सहारा : सांसद योगेश भट्टराई



२५ असार २०७५, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले कांग्रेस जोगाउन अब गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो भनी संसदमा प्रश्न गरेका छन् । डा.केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको दाबी गलत भएको समेत उनले बताए ।

सांसद भट्टराईले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो भनेर प्रश्न समेत गरेका छन् । काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने भन्दै सांसद भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरे ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्