यस्तो छ काखी तथा घाँटीको पछाडीको भागको कालो हटाउने घरेलु उपाय



२५ असार २०७५, काठमाडौं

विभिन्न तरिकाको प्रयोग गरेर हामीले आफ्नो अनुहार गोरो बनाउने गर्दछौ। अनुहार गोरो बनाए पनि घाँटीको पछाडी तथा काखी मुनिको भाग कालो भयो भने धेरैलाई तनाव हुने गर्दछ।

यतिबेला गर्मि लागेको छ। हामी धेरै जसो घाँटी खुल्ला भएको कपडा लगाएर बाहिर हिड्ने गर्दछौ। यादि हाम्रो घाँटीको पछाडीको भाग या काखी मुनि कालो भएको छ भने घरेलु उपायले यसलाई हटाउन सकिन्छ।

काचो दुध हाम्रो छालाको लागि धेरै राम्रो मानिन्छ तेसैले काचो दुधलाई कपडाको सहायताले कालो भएको ठाउमा लगाउनुहोस्। त्यसपछि तातो पानीमा कपडा चोबेर त्यसको बाफ छालामा लगाउनुस्। अनि चिनी र कागती मिलाएर मसाज गर्नुस् कालो छाला सफा हुनेछ।

हाम्रो छालाको लागि अत्यन्त राम्रो मानिने मुलतानी माटो लिनुहोस् र दुध मुलतानी माटो चामलको पिठो र मह मिसाएर पेस्ट बनाउनुस्। अनि त्यो पेस्ट कालो छालामा लेपन गरेर आधा घण्टा छाडिदिनुस। आधा घण्टा पछि सफा पानीको प्रयोग गरि सफा गर्नुस्।

घाँटीको पछाडीको भाग, काखी, कुहिनो लगायत कालो भएको ठाउमा यो विधि अपनाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्