गुफामा थुनिएका खेलाडीलाई फिफाले दियो विश्वकप फाइनल हेर्ने निम्तो



२५ असार २०७५, थाइल्याण्ड

थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई फिफाले विश्वकप फाइनल हेर्ने निम्तो दिएको छ । फिफा अध्यक्ष जियानी इन्फन्तिनोले विश्वकप फाइनल हेर्न गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई निम्तो दिएका हुन् ।

इन्फन्तिनोले गुफामा थुनिएका सबैको सकुशल उद्दार गरिने र आगामी १५ जुलाईमा हुने विश्वकप फाइनल हेर्न उनिहरुले पाउने आशा गरेको बताएका छन् । विश्वकपको फाइनल रुसको मस्कोमा १५ जुलाईमा हुदैछ ।

वर्षाले गर्दा गुफामा फसेका बालकहरु सोमबारसम्म सबै निकालिने गरी तयारी थालिएको छ । आइतबार फसेका १३ जनामध्ये ४ जनामात्र निकालिएको थियो ।

बाँकी आठजना बालक र एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट शुरु भएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्