२५ असार २०७५, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउने दावी गरेका छन्। सोमबार राजधानीमा पार्टीका पुराना नेता कार्याकर्तासँगको सामुहिक भेटमा देउवाले सो दावी गरेका हुन्।
विगतका कमि कमजोरीलाई स्वीकार गर्दै पार्टीलाई एकतावद्दता गरेर अगाडी बढाउने र अन्तर्घात मुक्त र बलियो पार्टी बनाउने पनि देउवाले बताए। अब पार्टी कमिटिलाई विश्वासमा लिएर पार्टीलाई बलियो बनाउने अभियान नै चलाउने पनि देउवाले जानकारी गराए। चुनावमा पार्टी हार्नुको वास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप गर्ने गरिएको भन्दै देउवाले गुनासो पनि गरे।
उक्त भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सभापति देउवालाई आफुले बारम्बार सुझाब दिए पनि कार्यान्वयन गर्न नचाहेको आरोप लगाए। देशलाई बचाउन भए पनि कांग्रेस लाई बलियो बनाउनु पर्ने बेलामा सभापति देउवाले कुनै कदम चाल्न नसकेको भन्दै पौडेलले आलोचना समेत गरे।