२६ असार २०७५ ,काठमाडौं
रसियामा जारी २१ औँ सस्करणको विश्वकप अन्तर्गत सेमिफाइनलको खेल सुरु हुन लागेको छ। ३२ राष्ट्रलाई घर पठाउदै सेमिफाइनल चरणमा युरोपका ४ राष्टहरु फ्रान्स,बेल्जियम, क्रोएसिया र इंग्ल्याण्ड पुगेका छन्।
सेमिफाइनल चरणको पहिलो खेल अन्तर्गत आज राति ११:४५ बजे फ्रान्स र बेल्जियाम आमुन्ने सामुन्ने हुदैछन । समूह सी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको फ्रान्स र समूह जी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियमबीच फाइनल प्रवेशको निम्ति प्रतिस्पर्धा हुन लागेको हो।
फ्रान्सले प्रि क्वाटर फाईनलमा अर्जेन्टिना र क्वाटर फाइनलमा उरुग्वेलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यसै गरी बेल्जियमले प्रि क्वाटर फाइनलमा जापान र क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनल यात्रा बनाएको थियो।
फ्रान्स सन् १९९८ मा भएको १६ औँ सस्करण अन्तर्गतको विश्वकपको विजेता हो भने बेल्जियम पहिलो पल्ट सेमिफाइनल प्रवेश गरेको राष्ट्र हो। समुहचरणमा इंग्ल्याण्ड, ट्युनेसिया र पानामालाई पराजित गरेको बेल्जियम अहिले सम्मको पाँच खेल मध्धे अपराजित टिम हो भने समुहचरणमा डेनमार्कसँग बराबरी र अष्ट्रेलिया अनि पेरुलाई पराजित गरेको फ्रान्स पाँच खेल मध्धे चार खेलमा मात्र विजयी बनेको छ।
यिनै दुई बलियो राष्ट्रहरुबीच हुने आजको खेललाई धेरैले अति महत्वपूर्ण र विशेष रुपले लिएका छन्। एक अपराजित टिम र अर्को एक पल्ट विश्वकपको स्वाद चाखिसकेको राष्ट्रबीचको आज हुने खेलमा कुन राष्ट्रले बाजी मार्ने हो। सबैको चासो यो छकी , आज कसको होला फाइनल यात्रा ?