२६ असार २०७५ ,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साझ पुन बस्ने भएको छ। संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठक साँझा बस्ने गरि स्थागित भएको थियो।
बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठानिक संरचनाका बारेमा छलफल भएको थियो।
शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने बैठकमा थप छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको हुदा कार्यदल बनाएर पार्टीको नियमावली एवं सांगठानिक संरचना बनाउने जिम्मा गौतम नेतृत्वको टोलीलाई दिइएको थियो ।
आज बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो ।