नेकपाको नियमावली सर्वसम्मत पारित



२७ असार २०७५ ,काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ नियमावलीलाई अन्तिम रुप दिन बसेको बैठकले एकता पछिको अन्तरिम विधान बमोजिम उक्त नियामावली पारित गरेको हो।

नेता वामदेव गौतमको नेतृत्वमा बनेको ३ सदस्यीय समितिले प्रस्तुत गरेको नियमावली पारित भए संगै अब मातहतका सबै संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयाबध्द कार्ययोजना बनाउने निर्याय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

एकताको ३ महिना भित्रमा प्रदेश, जिल्ला, प्रभास र जनवर्गीय संगठनहरुको एकता सक्ने गरि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेष्ठ ३ गते पार्टी एकता भएको थियो।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

प्रतिक्रिया दिनुहोस्