२७ असार २०७५, संयुक्त राज्य अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।
उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताए ।
ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी छन् । उनी मेरा लागि धेरै मनपर्ने नेता हो ।
जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए ।
दुई मन्त्रीको राजिनामापछि बेलायत नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो ।