मोरङ्ग जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिदै



२९ असार २०७५ ,काठमाडौं

मोरङ्ग जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ। यहि असार ३२ गते पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय जिल्ला खोप समन्वय समितिको हिजो बसेको बैठकले गरेको हो।

जन्मे देखि १५ महिना पुगेका जिल्लाका सबै बालबालिकाहरुलाई रोग विरुद्द लड्ने ११ प्रकारको खोप पुरा गरेपछी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने व्यावस्था अनुरुप असार ३२ गते पूर्णखोप सुनिश्चित जिल्ला घोषणाको कार्यक्रम राखेको बालस्वास्थ्य विभाग महाशाखाका भारत भण्डारीले बताए।

यस अघि जिल्लाको साविक लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो भने अहिलेसम्म देशभरमा लगभग ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्