चाईना साँस्कृतिक केन्द्रको तेश्रो निःशुल्क चिनियाँ भाषा कक्षा शुरु हुँदै



२९ असार २०७५, काठमाडौं

चाईना साँस्कृतिक केन्द्रले काठमाडौं महाराजगंज स्थित आफ्नै कार्यालय भवन भित्र निःशुल्क रुपमा चिनियाँ भाषाका कक्षाहरु संचालन गरिरहेको छ। विगतमा झैँ आधारभूत चिनियाँ भाषा सिक्न चाहनेहरुका लागि अर्को हप्ताबाट शुरु हुने भाषा कक्षाका लागि धमाधम फारम संकलन गरिरहेको केन्द्रले जनाएको छ।

हप्तामा २ दिन सोमबार र मंगलवार दिनको ३ देखि ४ बजे सम्म संचालन हुने कक्षामा ४० जना सम्म विधार्थीहरुले एकपटकमा सिक्न पाउने चिनियाँ साँस्कृतिक केन्द्रकी विद्या पाक्वानले परिवर्तन खबरलाई जानकारी गराईन् ।

नेपाली शिक्षक/शिक्षिकाबाट सिकाईने आधारभूत तहमा चिनियाँहरुले समेत पढाउने गर्दछन। भाषा कक्षाका विधार्थीहरुलाई साँस्कृतिक केन्द्रका विभिन्न कार्यक्रमहरुमा समेत सहभागी हुने पाउने व्यवस्था केन्द्रले गरेको जानकारी पाक्वानले दिएकी छिन् ।

थप जानकारीको लागि चाईना साँस्कृतिक केन्द्रको फेसबुक
सम्पर्क नं.: ०१-४३७९७८९
मोबाईल नं.: ९८१८८११०२४ ( विद्या) 

प्रतिक्रिया दिनुहोस्