३१ असार २०७५, काठमाडौँ
मैदानमा डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, मैदान बाहिर उनको व्यक्तित्व उत्तिकै खराब रहने गरेको छ । अहिलेको विश्वकपमा पनि उनको व्यवहारलाई कसैले रुचाएनन् । कोलम्बियामाथि इंग्ल्यान्डले जित निकालेयता उनले भनिहाले, इंग्ल्यान्डले जित्नका लागि डाका डाले । अनि त्यस खेलमा रेफ्री रहेकालाई सक्दो गाली पनि गरे ।
सबैले आलोचना गरेपछि म्याराडोनाले फेरि माफी भने मागे । उनको कामै यस्तो हुने गर्छ । त्यसैले पनि उनीबारे इंग्ल्यान्डका पूर्वखेलाडी एलान सिएररले ठीकै भनेका छन्, म्याराडोना अचेल हाँसोका पात्र हुन थालेका छन् । उनको काम हेरेर आजभोलि अरूलाई हाँसो उठ्छ ।