डा. केसीको समर्थनमा वीर हस्पिटलका चिकित्सकद्वारा प्रदर्शन



३१ असार २०७५, काठमाडौं

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १५ औं पटक अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा आज वीर हस्पिटलका चिकित्सकहरुले प्रदर्शन गरेका छन्।

१६ दिन देखि जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै वीर हस्पिटलका चिकित्सकहरुले आज save Dr. KC तथा Im with Dr. KC लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्। चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसनरत डा. केसीको जायज मागहरुको संबोधन नगरेर सरकारले उदासिनता देखाएकोले गर्दा वीर हस्पिटलका चिकित्सकहरुले पनि बाध्य भएर प्रदर्शन गर्नु परेको चिकित्सहरुले बताएका छन्।

अनसनरत डा. केसीलाई अनसन तोडेर काठमाडौं आएर वार्ताबाट समस्याको समाधान गर्न सरकारले पटक पटक गरेको आग्रहलाई बेवास्था गर्दै आइरहेका छन्। अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुन थाले पछि अहिले सिलाइनपानी र भिटामिन दिईरहिएको छ।

प्रतिक्रिया दिनुहोस्