अमेरिकी दूतावासको सहयोगमा राष्ट्रिय प्रहरी तालिम केन्द्रद्वारा लेखन शीप तालिम सम्पन्न



३१ असार २०७५, काठमाडौं

अमेरिकी दूतावासको सहयोगमा राष्ट्रिय प्रहरी तालिम केन्द्रले अन्तर वैयक्तिक संचार, सार्वजनिक संवाद, र लेखन शीप विषयको तालिम सम्पन्न गरेको छ ।

नेपाल प्रहरीको विभिन्न क्षेत्रमा काम गरेका ६९ जना अधिकृतहरुले तालिममा सहभागिता जनाएका थिए। करिव २ हप्तासम्म संचालन भएको तालिममा सहभागिता जनाएका सबै अधिकृतहरुले तालिम धेरै फलदायी भएको बताए ।

उक्त अवसरमा दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकृत डेनिश याङ र कार्यक्रममा प्रमुख अतिथी प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले तालिममा सिकेका शीपहरुलाई व्यवसायिक जीवनमा लागू गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्