३२ असार २०७५, काठमाडौं
हिजो राति रसियाको Luzhniki रंगशालामा सम्पन्न विश्वकप २०१८ को फाइनल खेल चलिरहदा कडा सुरक्षा घेरा तोड्दै अचानक ४ जना व्याक्तिहरु खेल मैदानभित्र छिरेका थिए।
कडा सुरक्षा व्यवस्था भएता पनि मध्यान्तरपछिको केहि मिनेटपछि नै रंगशालामा उक्त ४ जना दर्शक छिरेका हुन्। उनीहरुमा Petr Verzilov, Olga Kuracheva, Olga Pakhtusova, Nika Nikulshina रहेको एजेन्सीले पुष्टि गरेको छ। खेलमैदानमा छिर्ने मध्धे एक महिला पनि रहेकी थिइन जसले फ्रान्सका युवा खेलाडी एमबाप्पेसिट भेटसमेत गरेकी थिइन्।
उक्त घटनाको आधिकारिक जिम्मेवारी पुसी रायट्स नामक एक सस्थाले लिएको पनि अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। आफ्नो फेसबुक पेज मार्फत उक्त सस्थाले घटनाको जिम्मा लिएको छ।
उक्त सस्थाले सबै राजनैतिक बन्दीहरुलाई मुक्त गरिनुपर्ने, कुनैपनि र्यालीहरुमा गैरकानुनी गिरफ्तारी हुन नहुने, देशमा सबैलाई राजनैतिक प्रतिस्पर्धा गर्न दिइनुपर्ने, फर्जी अपराधिक आरोप लगाइन नहुने र कसैलाई पनि बिना कारण जेलमा राख्न नहुने लगायतका माग राख्दै आइरहेको छ।
https://youtu.be/57vZ1jizgMY
https://youtu.be/Y5DN6v4YJLk