३२ असार २०७५, काठमाडौं
रसियाको Luzhniki रंगशालामा हिजो राति सम्पन्न विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४-२ को अन्तरमा पराजित गर्दै २० वर्षपछि फ्रान्सले दोस्रो पल्ट उपाधि हात पारेको छ।
उपाधिसंगै फ्रान्सले १८ क्यारेटको सुनको ट्रफी सहित ३९ मिलियन डलर अर्थात करिव नेपाली ४ अर्ब रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर, तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर र चौथो भएको इंग्ल्याण्डले २२ मिलियन डलर पाएको छ।
त्यसैगरी क्वाटर फाइनलबाट बाहिरिने ४ वटा टिम ब्राजिल, उरुग्वे, रसिया र स्विडेनले १६/१६ मिलियन डलर पाएका छन् भने प्रि क्वाटर फाइनलबाट बाहिरिने ८ टिम पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विजरल्याण्ड र कोलाम्बियाले १२/१२ मिलियन अमेरिकी डलर पाएका छन्। त्यसै गरी समुहचरणबाट बाहिरिने १६ टिमहरुले ८/८ मिलियन डलर पाएका छन्।