१ साउन २०७५, काठमाडौं
चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीका प्रतिनिधि र सरकारबीच पुन: वार्ता सुरु भएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता सुरु भएको हो।
हिजो मन्त्रिपरिषदले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको सह सचिव सहितको वार्ता टोलि गठन गरेको थियो। हिजो बसेको बार्तामा दुवै पक्षा निष्कर्षमा पुग्न नसके पछि पुन: आज वार्ता बसेको हो।
वार्ता टोलीमा केसीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी , अधिवक्ता ओम प्रकास अर्याल र डा. अभिषेकराज सिंह रहेका छन्। वार्ता अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दुवै टोलीसंग भिन्दाभिन्दै छलफल गरेका छन्।